


काठमाडौं, २७ साउन । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले श्रेष्ठलाई केहीबेरअघि ललितपुरस्थित घरनजिकै बागडोलबाट पक्राउ गरेको हो ।
प्रहरीको टोली आएर उनलाई लिएर गएको पारिवारिक स्रोतले बतायो । उनीविरूद्ध साइबर अपराधसम्बन्धी केही जाहेरी परेको बताइएको छ ।