


रसुवा, २ असोज । भाद्र १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा अडिट–३ टनेलबाट ६ शव फेला पारिएको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो।
ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी ६ वटै शव बाहिर निकालिएको जनाइएको छ। टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि सो क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।