


तनहुँ, १६ भदौ । तनहुँका होटल व्यवसायीले ग्यास आपूर्ति सहज बनाउन माग गरेका छन्। ग्यास अभावका कारण जिल्लाभर सञ्चालनमा रहेका साना तथा मझौला होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै होटल व्यवसायी संघ तनहुँले जिल्ला प्रशासन कार्यालयमार्फत सहज आपूर्तिको व्यवस्था गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष गिरीबहादुर थापाले प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाउँदै व्यवसाय प्रयोजनका लागि आवश्यक ग्यास सहज रूपमा उपलब्ध गराइदिन प्रशासनसँग हार्दिक अपिल गरेका छन्।