


दमौली, १८ भदौ । निर्माण व्यवसायी संघ तनहुँले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ लाख १ हजार सहयोग गरेको छ।
संघले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
राष्ट्रिय विपद्को कठिन घडीमा पीडितको पीडामा साथ दिने सामाजिक उत्तरदायित्वस्वरूप सहयोग रकम प्रदान गरिएको निर्माण व्यवसायी संघ तनहुँका कोषाध्यक्ष सुरेश घिमिरेले जानकारी दिए ।