किहुँमा बन्यो आकर्षक प्रहरी चौकी भवन, डीआईजी घर्ती क्षेत्रीद्वारा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किहुँमा बन्यो आकर्षक प्रहरी चौकी भवन, डीआईजी घर्ती क्षेत्रीद्वारा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८३, बिहीबार

    तनहुँ, १ असोज । तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रहेको प्रहरी चौकी किहुँको नवनिर्मित भवन उद्घाटन गरिएको छ।

    बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र घर्ती क्षेत्रीले एक कार्यक्रमबीच नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन्।

    नवनिर्मित भवन आधुनिक तथा व्यवस्थित संरचनासहित निर्माण गरिएको छ। नयाँ भवन निर्माणसँगै प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने तथा सेवाग्राहीलाई समेत प्रभावकारी रूपमा प्रहरी सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    भवन उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, विशेष सुरक्षा गण बेलचौताराका प्रमुख प्रहरी उपरीक्षक महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अर्याल, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक मनोज ढकाललगायत प्रहरी तथा सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति थियो।

    किहुँ क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न तथा स्थानीय नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउन प्रहरी चौकीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नयाँ भवनबाट प्रहरीको दैनिक प्रशासनिक तथा सुरक्षा गतिविधि थप व्यवस्थित हुने विश्वास गरिएको छ।