


तनहुँ, ४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको छ।
अधिवेशनबाट वडा नम्बर १ को सभापतिमा भीमबहादुर गुरुङ, वडा नम्बर २ मा होमनाथ लम्साल (अर्जुन), वडा नम्बर ३ मा विवेक खनाल र वडा नम्बर ४ मा थमनबहादुर खत्री निर्वाचित भएका छन्।
त्यस्तै, वडा नम्बर ५ मा भोजराज लामिछाने, वडा नम्बर ६ मा जयश्वर पाण्डे, वडा नम्बर ७ मा हरि तिमिल्सिना र वडा नम्बर ८ मा डिलबहादुर गुरुङ नेतृत्वमा आएका छन्।
वडा नम्बर ९ को सभापतिमा विनोद रावत, वडा नम्बर १० मा विमल राना, वडा नम्बर ११ मा रविन्द्र विक्रम थापा र वडा नम्बर १२ मा टुलबहादुर ठकुरी निर्वाचित भएका छन्।
शुक्लागण्डकीका सबै १२ वटै वडामा नेतृत्व चयन भएसँगै नगरमा कांग्रेसको वडा अधिवेशन प्रक्रिया पूरा भएको छ। वडा तहबाट निर्वाचित नेतृत्व र क्षेत्रीय प्रतिनिधिले आगामी महाधिवेशनका लागि पार्टीको सांगठनिक प्रक्रियालाई अघि बढाउनेछन्।