


तनहुँ ११ असाेज । तनहुँको भानु नगरपालिका–१३ चन्द्रावती बजारमा अविरल वर्षाका कारण तीनतले कच्ची घर भत्किएको छ। लगातार परेको वर्षाका कारण स्थानीय ५५ वर्षीया सावित्रा खत्रीको ढुङ्गामाटोले बनेको जस्तापाताले छाएको तीनतले पाँचकोठे कच्ची घर आइतबार बिहान करिब ५ः४५ बजे भत्किएको हो।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रावतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घर चर्किएर बस्न नमिल्ने अवस्थामा पुगेको र परिवारका लागि वैकल्पिक बासको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भएको छैन।