म्याग्देमा प्रहरी चौकी थर्पुको कार्यालय भवन जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा प्रहरी चौकी थर्पुको कार्यालय भवन जोखिममा

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८३, आईतवार

    तनहुँ ११ असाेज । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित प्रहरी चौकी थर्पुको कार्यालय भवन पहिरोका कारण जोखिममा परेको छ।अविरल वर्षाका कारण आइतबार बिहान करिब १०ः३० बजे प्रहरी चौकीको आँगनको पूर्वपट्टिको भाग चिरा परी भासिएको तथा पश्चिमपट्टिको दायाँतर्फको पर्खालसमेत दबिएको प्रहरीले जनाएको छ।

    जुनसुकै बेला थप भासिन सक्ने अवस्था रहेकाले प्रहरी चौकीको कार्यालय भवन जोखिममा परेको जनाइएको छ।