बन्दीपुरमा वर्षाले घर भत्कायो, परिवार आफन्तकोमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा वर्षाले घर भत्कायो, परिवार आफन्तकोमा

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    तनहुँ, १३ असोज । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारमा अविरल वर्षाका कारण एक घर पूर्ण रूपमा क्षति भएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीय आसपूर गुरुङको ढुंगा–माटोले बनेको, जस्ताले छाएको दुईतले ६ कोठे कच्ची घर वर्षाका कारण भत्किएर पूर्ण रूपमा क्षति भएको हो।

    घटनामा मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी टोली खटिएर आवश्यक समन्वय गरेको छ। घरमा बस्दै आएका परिवारका सदस्यलाई हाल आफन्तको घरमा राखिएको छ।