


तनहुँ १९ असाेज। जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका ऋषिङ गाउँपालिका–५ का २८ वर्षीय सुशिल नेपालीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।तनहुँ जिल्ला अदालतको लगतअनुसार चोरी मुद्धामा कैद भुक्तान गरिरहेका नेपाली गत २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका थिए।
प्रहरी चौकी ऋषिङ रानीपोखरीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।नियन्त्रणमा लिइएका नेपालीलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय तनहुँमा बुझाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।