सडकमा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सडकमा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८३, सोमबार

    काठमाडौ, २ कात्तिक । काठमाडौको गोकर्णेश्वर न.पा. ९, आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

    आइतबार राति २३:२० बजे रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो।

    दुर्घटनामा मोटरसाइकल चालक मोहन ठाकुर गम्भीर घाइते भएका छन् भने पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ। महमद जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए ।

    घाइते चालक ठाकुरको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचार भइरहेकोमा थप उपचारका लागि कात्तिक २ गते ०१:४५ बजे त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।