


तनहुँ, ८ कात्तिक । दुलेगौंडा, ८ कार्तिक । नेपथ्य लाइभ इन शुक्लागण्डकीको अर्लीबर्ड टिकट सोल्ड आउट भएको छ । नेपथ्यको वेभसाइटमार्फत बिक्रीमा राखिएका अर्लीबर्ड टिकट शनिबार साँझ सोल्ड आउट भएको हो ।
लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा मंसिर १२ गते नेपथ्य लाइभ इन शुक्लागण्डकी हुदैंछ । भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा हुने नेपथ्य गुन्जनेछ । अर्लीबर्ड टिकट सोल्ड आउट भएपछि निकै उत्साह थपिएको आयोजक लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले बताए । उनका अनुसार अब विद्यार्थीका लागि सीमित टिकट एक हजार रुपैयाँमा उपलब्ध छ । नियमित टिकट अनलाइन र फिजिकल दुवै माध्यमबाट उपलब्ध गराएको ढुंगानाले जानकारी दिए । कार्यक्रमबाट भएको मुनाफा शैक्षिक क्षेत्रमा खर्च गरिने उनको भनाइ छ । १० हजार संगीतप्रेमीलाई झुमाउने तयारी छ । आयोजकले शुक्लागण्डकीको ऐतिहासिक सांगीतिक उत्सवको संज्ञा दिएको छ ।