८४ औं जन्मदिनमा गौसंरक्षणलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ८४ औं जन्मदिनमा गौसंरक्षणलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८३, आईतवार

    तनहुँ, ९ कात्तिक । जन्मदिनको अवसर पारेर शुक्लागण्डकी नगरपालिका–९ मरेतरामा रहेको गौसंरक्षण केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाकी शुक्री गुरुङले गौसंरक्षण केन्द्रलाई आर्थिक सहयोग गरेकी हुन् ।

    ८४ औं जन्मदिनको अवसर पारेर गुरुङले ११ हजार १८४ रुपैयाँ गौसंरक्षणमा आश्रित पशुचौपायको आहाराका लागि सहयोग गरेकी छन् । आइतबार छोरा किसान गुरुङ र परिवारसहित पुगेकी उनले गौसंरक्षण केन्द्र सञ्चालन गरिरहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष होमनाथ लम्साल (अर्जुन) लाई सहयोग रकम हस्तानतरण गरेकी हुन् ।

    किसान गुरुङ शुक्लागण्डकीको मेयर हुदाँ छाडा चौपाय व्यवस्थापनका लागि गौसंरक्षण केन्द्र स्थापना गरिएको हो । नगरपालिका मातहात सञ्चालन हुदै आएको केन्द्र पछिल्लो समय मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम व्यवस्थापन समितिले चलाइरहेको छ । हाल १३० बढी चौपाय केन्द्रमा आश्रित छ ।

    यस्तै, शुक्लागण्डकी–२ गाछेपानीमा मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले सञ्चालन गरेको आश्रममा शुक्रीले ५ हजार १८४ रुपैयाँ खाद्यन्न खरिदका लागि सहयोग गरिन् । आश्रममा अहिले ज्येष्ठ नागरिक र गुरुकुल शिक्षा अध्ययन गर्ने बटुकहरु आश्रित छन् ।