


तनहुँ, ११ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
बा.प्र.०२-०५५ प १६३९ नम्बरको मोटरसाइकलले पैदलयात्री ७० वर्षीया पम्फा बोटेलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। घाइते बोटेको उपचारका क्रममा बुधबार राति ९ बजे मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र मोटरसाइकलको पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरेसमेत घाइते भएका छन्।
घाइते दुवै जनाको डुम्रे, तनहुँस्थित लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ।