पृथ्वी राजमार्गमा २४ घण्टामा दुई दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वी राजमार्गमा २४ घण्टामा दुई दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८३, बिहीबार

    तनहुँ, १२ कात्तिक । तनहुँ जिल्लाको पोखरा–मुग्लिङ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमा २४ घण्टाको अवधिमा भएका दुईवटा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको विवरणअनुसार दुर्घटनामा परी घाइते भएका चार जनामध्ये तीन जना उपचाररत रहेका छन्।

    दुर्घटनामा दुईवटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ। घाइतेहरूको अवस्था मध्यम रहेको जनाइएको छ।