


तनहुँ, १३ कात्तिक । नेपाली काङ्ग्रेस शेरबहादुर–शशांक पक्षधरको तनहुँ क्षेत्र नम्बर १ को अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ यमुना खड्का विक, इन्द्रदेवी मल्ल, मायादेवी सोती, सरस्वती न्यौपाने, खुल्लातर्फ शङ्कर भण्डारी, लक्ष्मीप्रसाद आचार्य, डम्बरबहादुर अधिकारी, बिपीन अधिकारी, माधव खनाल, प्रविण कैनी, देवबहादुर गुरुङ, रघुबहादुर केसी, नरनाथ काफ्ले, महेशराज भट्टराई, अपाङ्गतातर्फ सुरज बोहरा, प्रजातन्त्र सेनानी र सहिद परिवारबाट छत्रराज भण्डारी र सुकनारायण श्रेष्ठ, पेशागत विज्ञबाट कमलभक्त पोख्रेल, श्रमिकबाट अनिल थापा निर्वाचित भएका छन् ।