दमौलीमा प्रथम व्यास मेयर फुटबल प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा प्रथम व्यास मेयर फुटबल प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८३, शुक्रबार

    तनहुँ, १३ कात्तिक । तनहुँको सदरमुकाम दमौलीमा आजदेखि प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानमा इलेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।

    दमौलीमा १५ वर्षपछि इलेभेन साइड फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । खेलमैदानको अभावमा सेभेन ए साइड फुटबल मात्रै हुने गरेकामा नगरपालिकाको सक्रियतामा खेलमैदान स्तरोन्नतिपश्चात् एलेभेन ए साइड प्रतियोगिता गर्न सम्भव भएको हो ।

    प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । न्यौपानेले खेलकुदका विभिन्न विधामा खेल गतिविधि अगाडी बढाइएको भन्दै वडास्तरबाटै खेलकुद सञ्चालन गर्दा दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

    नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले खेलाडीको क्षमता विकास र वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले आगामी वर्षदेखि यस प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख गरे ।

    प्रतियोगिताका लागि नगर खेलकुद विकास समितिबाट रु पाँच लाख र प्रत्येक वडाबाट रु एक÷एक लाख खर्च हुनेछ । प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागिता रहेको छ ।

    प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख, द्वितीय हुने टोलीले रु ७५ हजार र तृतीय हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ ।