


तनहुँ, १३ कात्तिक । नेपाली काङ्ग्रेसका नेता शङ्कर भण्डारीले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले आधिकारिता पाउने बताएका छन् । नेपाली काङ्ग्रेस शेरबहादुर शशाङ्क पक्षधरको तनहुँ क्षेत्र नम्बर १ को शुक्रबार दमौलीमा आयोजित अधिवेशन उद्घाटन गर्दै भण्डारीले अदालतमा विचाराधीन रहेको मुद्धामा हाम्रो पक्षमा फैसला आउने जिकिर गरे ।
भण्डारीले पार्टीबाट एउटा समूह छुटिएर गइसकेको भन्दै पार्टीको भविष्यप्रति त्यो समूहले चिन्ता नगरेको आरोप लगाए । उनले विदेशीको दबाबमा पार्टीमा षड्यन्त्र गरिएको भन्दै विदेशीको दबाब आफूहरुले नस्वीकार्ने बताए ।
भण्डारीले सबैलाई समेटेर पार्टीलाई अगाडी बढाउने भन्दै विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने खेल भएको बताए ।