


तनहुँ, १५ कात्तिक । व्यास नगरपालिका-३ स्थित देउरालीनगर टोल विकास संस्थाको अध्यक्षमा कोपिला मणि शर्मा पौडेल सर्वसम्मत चयन भएका छन् ।
संस्थाको शनिबार सम्पन्न २२ औँ साधारण सभा तथा सातौँ अधिवेशनले शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रिखुराम वि.क., सचिवमा कापिला पण्डित पौडेल, कोषाध्यक्षमा अशोक राना र सहसचिवमा टिका थापा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा बाबुराम पुरी, कुमारी थापा, धनमाया गौली, किस्मत कुमार श्रेष्ठ, देवीलाल थापा, शुष्मा श्रेष्ठ, गंगा श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र नरबहादुर रानाभाट चयन भएका छन् । संस्थाका निवर्तमान अध्यक्ष मनबहादुर थापा पदेन सदस्य रहेका छन् ।
वडा अध्यक्ष अनुप रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष मनबहादुर थापाको सभापतित्वमा भएको थियो। सचिव श्रीमाया रानाभाटले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कोपिला मणि शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कोषाध्यक्ष श्रीराम काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा जनप्रतिनिधिहरू दधिराज घिमिरे, बिनु श्रेष्ठ र श्रीमाया वि.क.लगायत संस्थाका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वडामा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा आमा समूहका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न विष्णुभक्त न्यौपानेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिका सदस्यहरूमा भरत काफ्ले र रिमा आले रहेका थिए ।
अधिवेशनले टोलको विकास, सामाजिक एकता तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।