शुक्लागण्डकीमा घरको धुरीमा भेटियो १८ किलोको अजिङ्गर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा घरको धुरीमा भेटियो १८ किलोको अजिङ्गर

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८३, सोमबार

    तनहुँ, १६ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा आज साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको छ ।

    रानाको घरको धुरीमा अजिङ्गर रहेको खबर इलाका प्रहरी कार्यालय बेलचौतारामा प्राप्त भएको थियो । खबर प्राप्त हुनासाथ कोत्रे प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    यस्तै डिभिजन वन कार्यालय तनहुँबाट सशस्त्र वनरक्षकसहितको टोली पनि उद्धारका लागि खटिएको थियो । प्रहरी र वन कार्यालयको संयुक्त टोलीले घरको धुरीमा रहेको अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    उद्धार गरिएको अजिङ्गर करिब दुई दशमलव पाँच मिटर लामो र १८ किलोग्राम तौलको रहेको प्रहरीले जनाएको छ । उद्धारपछि अजिङ्गरलाई आवश्यक व्यवस्थापनका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको छ ।