आश्रमलाई थप व्यवस्थित बनाउन आवश्यक : उपप्रमुख गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आश्रमलाई थप व्यवस्थित बनाउन आवश्यक : उपप्रमुख गुरुङ

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    पोखरा : पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सीतापाइलामा रहेको पोखरा वृद्धाश्रमलाई थप सुविधासम्पन्न बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

    पोखरा वृद्धाश्रमले शुक्रबार आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सरकारले एउटा प्रदेशमा एक वृद्धाश्रमको अवधारणा अगाडी सारेको सन्दर्भमा आश्रमले थप संरचनाको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

    “सकेसम्म वृद्धवृद्धाहरुलाई घरमै राख्नु पर्दछ । उहाँको जिउँदो भगवान हो,” उहॉले भन्नुभयो । तर कतिपय अबस्थामा सहाराविहिन बाबाआमाहरु भेटिने भएकाले उहाँको जिम्मा आश्रमले लिने परिस्थिती रहेको उहाँको भनाई थियो ।

    पोखरा महानगरपालिका वडा नं १७का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताउनुभयो ।

    पोेखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले आश्रमलाई बहुआयामिक रुपमा विकास गर्ने आफ्नो सपना रहेको बताउनुभयो ।
    आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ ।