अख्तियारलाई जिम्मेवार बनाउन न्यायिक छानबिन आयोग गठन गर्न पौडेलको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियारलाई जिम्मेवार बनाउन न्यायिक छानबिन आयोग गठन गर्न पौडेलको माग

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    काठमाडौ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धानलाई जिम्मेवार बनाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्नुभएको छ । अख्तियारमा भएका ढिलासुस्ती र लापरवाही उपर छानबिन र त्यसका वर्तमान र पूर्व पदाधिकारी सदस्यलाई जिम्मेवार बनाउन पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा छानबिन आयोग बनाउन पौडेलले माग गर्नुभएको हो ।

    अरबौका भ्रष्टाचारका काण्डमा अख्तियारले चासो नदेखाएको पौडेलको आरोप छ । आयल निगमको जग्गा खरिद फाइल सुटुक्क तामेलीमा राख्न अख्तियारीको तयारीप्रति पनि पौडेलले आपत्ति जनाउनुभएको छ ।