तनहुँ : एकैदिन ११ जनामा कोरोना पुष्टि भएपछि ऋषिङ गाउँपालिकाले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । ऋषिङ गाउँपालिका-२,३,४,५,६ र ८ का ११ जनामा कोरोना पुष्टि भएपछि असोज ५ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार सम्पूर्ण वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्था, विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।
गाउँपालिकाले अनावश्यक रुपमा हिँडडुव नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।