फिरेफिरेमा वडास्तरीय खेलकुद विकास समिति र युवा क्लब गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    फिरेफिरेमा वडास्तरीय खेलकुद विकास समिति र युवा क्लब गठन

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिका–११ फिरफिरेमा युवा तथा खेलकुद विकास समिति र वडास्तरीय युवा क्बल गठन गरिएको छ । वडा कार्यालयले वडाको समृद्धिका लागि युवालाई सहभागी गराउने उद्धेश्यका साथ हालै दुई समिति गठन गरेको हो ।

    ११ सदस्यीय समितिको वडा खेलकुद विकास समितिको अध्यक्षमा टुकबहादुर गुरुङ चयन हुनुभएकाे छ । उपाध्यक्षमा निर्मल गुरुङ, सचिवमा प्रदिप उच्चै ठकुरी, कोषाध्यक्षमा लालबहादुर गुरुङ रहनुभएको छ । सदस्यमा यज्ञप्रसाद गुरुङ, दिलास गुरुङ, सुमन गुरुङ, लेखबहादुर गुरुङ, राजेश गुरुङ, जसबहादुर गुरुङ, निशानी बराली चयन हुनुभएको छ ।

    यस्तै, १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुको वडास्तरीय युवा क्लबको अध्यक्षमा रुविना गुरुङ चयन हुनुभएको छ । १३ सदस्यीय समितिको उपाध्यक्षमा भक्तबहादुर विक, सचिवमा प्रेमकुमारी गुरुङ, कोषाध्यक्षमा मदन ठकुरी र सदस्यहरुमा रवि गुरुङ, गुमानसिंह गुरुङ, शेरबहादुर भुजेल, पुनम गुरुङ, निशा गुरुङ, युवानसिंह गुरुङ, चन्द्रकुमारी गुरुङ, पुष्पा गुरुङ र राजेश नेपाली चयन हुनुभएकाे छ ।