सबै प्रदेशमा वर्षा जारी, होसियारी अपनाउन २४ घण्टे चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सबै प्रदेशमा वर्षा जारी, होसियारी अपनाउन २४ घण्टे चेतावनी

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    काठमाडौ: बिहीबार बिहान देशका सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार कुनै स्थानमा रातिदेखि तथा कुनै ठाउँमा बिहानदेखि पानी परिरहेको हो।

    ‘अहिले तत्काल भारी वर्षा भने कतै देखिएको छैन,’ उहॉले भन्नुभयो, ‘तर भारी वर्षाको सम्भावना पनि छ।’

    महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज  दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।

    यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानमा भने भारी वर्षाको समते सम्भावना छ।