२४ घण्टामा विश्वमा २ लाख ७० हजार बढी संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    २४ घण्टामा विश्वमा २ लाख ७० हजार बढी संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    एजेन्सी: गत २४ घण्टामा २ लाख ७० हजार ७ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १७ लाख ६४ हजार १ सय बढी पुगेको छ।

    वर्ल्डोमिटरको तथ्याङ्क अनुसार ५ हजार ५ सय बढीले कोरोनाकै कारण गत २४ घण्टामा जयान समेत गुमाएका छन्। योसँग कोरोनाक कारण विश्भरमा ज्यान गुमाउनेको संख्या ९ लाख ७४ हजार ५ सय बढी रहेको छ।

    गत २४ घण्टामा भारतमा सबैभन्दा बढी ८० हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। भारतपछि अमेरिकामा ३५ हजार ३ सय, ब्राजिलमा ३५ हजार २ सय, अर्जेन्टिनामा १२ हजार, स्पेनमा १० हजार र फ्रान्समा १० हजार बढी कोरोनाका संक्रमितहरु थपिएका हुन्।

    यस्तै, कोलोम्बियामा ७ हजार, रसियामा ६ हजार, यूके मा ४ हजार, इराक र इण्डोनेसिमायामा पनि ४ हजार, इरानमा ३ हजार, मेक्सिको, यूक्रेन, इजराइल, नेदरल्याण्ड र मोरोक्कोमा २ हजार बढीका दरले गत २४ घण्टामा संक्रमितहरु थपिएका छन्।

    गत २४ घण्टामा १ हजार भन्दा बढी संक्रमित थपिने देशहरुमा नेपाल, टर्की, फिलिपिन्स, जर्मनी, बंगलादेश, इटाली, दक्षिण अफ्रिका, क्यानडा, बेलजीयम, कोस्टारिका, रोमानीया र चीली रहेका छन्।