तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीमाद नगर कमिटीका कार्यालय सदस्य धु्रवराज खनालको श्रद्धाञ्जली सभा शनिबार सम्पन्न भएको छ । नेकपा भीमाद नगरकमिटीले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्व. खनालको योगदानको चर्चा गर्नुभयो ।
मन्त्री गुरुङले सँधै सकारात्मक चिन्तन लिने समाजको नमुना व्यक्ति गुमाउनुपर्दा पार्टीलाई अपुरणीय क्षति भएको बताउनुभयो । मिजासिलो स्वभावका धनी खनालको निधनले सिङ्गो पार्टीलाई क्षति पुगेको बताउँदै शोकलाई शक्तिमा बदलेर परिवर्तनको अभियानमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा नगर कमिटीका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाको सञ्चालन नगर कमिटीका सचिव इमान थापाले गर्नुभएको थियाे ।