म्याग्देका ६ वडामा थपिए ६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देका ६ वडामा थपिए ६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार गाउँपालिकाका ६ वडामा ६ जना सङ्क्रमित थपिएका हुन् ।

    म्याग्दे गाउँपालिका–१ का २६, २ का ३५, ४ का ३७ वर्षीय पुरुष, ५ का १५ वर्षीया महिला, ६ का ३१ वर्षीय पुरुष र ७ का ३२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेका अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये चार जना भारत, एक जना दुवई र एक जना सर्लाहीबाट आएका हुन् । उनीहरु होम क्वारेन्टिनमा थिए । गाउँपालिकाले ३९ जनाको स्वाब सङ्कलन गरी पठाएकामा बाँकी ३३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।