काठमाडाै : नेपालीहरुको महान चाड दशैंको अवसरमा सानिमा बैंकले निःशुल्क क्रेडिट कार्डको योजना ल्याएको छ । बैंकले यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित यस्तो योजना ल्याएको हो ।
यो योजना १२ असोजदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएको छ । यस योजनाअनुसार सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने भएको छ। यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ र बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।