तनहुँ : चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका र देवघाट गाउँपालिकाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कलेजले जानकारी दिएको छ ।
व्यास नगरपालिका-२ का ३९ र देवघाट गाउँपालिका-२ का २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड प्रयोगशालाका डा. अनुप पौडेलले जानकारी दिनुभयो । उनीहरुको असोज १३ गते स्वाब सङ्कलन गरिएको थियो ।