


तनहुँ, २० भदौ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धीं जिल्ला कार्यसमिति तनहुँको पाँचौँ जिल्ला अधिवेशनबाट सन्दिप गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रबिन गुरुङ, सचिवमा रोहन गुरुङ, सहसचिवमा जेनिसा गुरुङ, कोषाध्यक्षमा मालती गुरुङ, सहकोषाध्यक्षमा प्रिती गुरुङलाई चयन गरेको छ ।
यस्तै प्रचारप्रसार प्रमुखमा नविन गुरुङ, संगठन सचिवमा सन्जय गुरुङ चयन भएका छन् ।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले तमु समुदायका विद्यार्थीहरूको हकहित, शैक्षिक विकास, भाषा, कला, संस्कृति तथा पहिचान संरक्षण र प्रवर्द्धनका लागि सक्रियतापूर्वक काम गर्ने अपेक्षा गरिएको छ।