टिम नेपो तनहुँको आठौँ पदस्थापना तथा नयाँ सदस्य प्रवेश कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    टिम नेपो तनहुँको आठौँ पदस्थापना तथा नयाँ सदस्य प्रवेश कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८३, शनिबार

    तनहुँ, २० भदौ । युवाको नेतृत्व विकास तथा सामाजिक सेवामा सक्रिय टिम नेपो तनहुँको आठौँ पदस्थापना तथा नयाँ सदस्य प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा टिम नेपो गण्डकी प्रदेशका संयोजक तथा प्रमुख अतिथि सुजन लौडारीको उपस्थितिमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

    नवनिर्वाचित अध्यक्ष मनिषा आलेको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले संस्थाको उद्देश्यअनुरूप सामाजिक उत्तरदायित्व, युवाको क्षमता विकास तथा नेतृत्व निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि लौडारीले नेतृत्व तथा संगठन विकास सम्बन्धी प्रशिक्षण प्रदान गर्दै प्रभावकारी नेतृत्वका लागि सकारात्मक सोच, जिम्मेवारीबोध, समूहगत कार्य, सञ्चार सीप तथा सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए। युवाहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएकाले नेतृत्व विकाससँगै संस्थागत गतिविधिमा सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

    कार्यक्रम टिम नेपो तनहुँका सचिव सन्तोष ओझाले सञ्चालन गरेका थिए। कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू वर्षा सारु, गोविन्द तिमल्सिना र मिन कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

    उनीहरूले संस्थाले विगतदेखि गर्दै आएका सामाजिक तथा युवालक्षित गतिविधिको स्मरण गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्य तथा युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा टिम नेपो तनहुँका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ कार्यसमितिले युवाको क्षमता विकास, सामाजिक सेवा, सदस्यहरूको सक्रिय सहभागिता तथा समुदायमा सकारात्मक परिवर्तनका लागि विभिन्न रचनात्मक कार्यक्रम अघि बढाउने जनाएको छ।