दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार डा. पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    घॉटीमा समस्या आएपछि स्वाब पठाएकामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. पौडेलले बताउनुभयो । “एकदिन ज्वरो पनि आएको थियो, घॉटीमा पनि समस्या देखिएको थियो,” डा. पौडेलले खबरपुञ्जसँग भन्नुभयो, “अहिले पनि घॉटीमा अलिकति समस्या छ ।”

    डा. पौडेलसँगै अस्पतालका कार्यालय सहयोगीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पॉच जनाको स्वाब पठाइएकामा तीन जनाको रिपोर्ट आउन बॉकी रहेको छ । कोरोना सङ्क्रमण भएसँगै डा. पौडेल क्वाटरमै आइसोलेट हुनुभएको छ ।

    “सम्पर्कमा आएकाको पहिचान गरी स्वाब पठाउँछौ, केही डाक्टरहरुलाई पनि रुघाखोकीको लक्षण देखिएकाले उहॉहरुको पनि स्वाब पठाउँछौ,” उहॉले भन्नुभयो ।

    डा. पौडेललाई कोरोना सङ्क्रमण देखिएपनि अस्पतालको सेवा भने सञ्चालनमै रहने भएको छ । “अन्यको स्वाब पठाएर रिपोर्ट कस्तो आउँछ त्यसपछि थप निर्णय गर्नुपर्ला,” डा. पौडेलले भन्नुभयो ।