युवाले गरे मानहुँकोटमा सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    युवाले गरे मानहुँकोटमा सरसफाई

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    तनहुँ : पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा युवाहरुले बुधबार सरसफाई गरेका छन् । मानहुँकोटमा दैनिक रुपमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि जथाभावी रुपमा फोहर फाल्ने क्रम बढेको छ ।

    पर्यटकीय गन्तव्यको रुपमा विकसित मानहुँकोटको सुन्दरतालाई जोगाईराख्न टिम नेपाको सक्रियतामा बुधबार सरसफाई गरिएको हो । मानहुँकोटमा फोहर देखिँदा यसको सुन्दरता बिग्रिने भएकाले आफूहरुले सरसफाई कार्यक्रम गरेको संस्थाका अध्यक्ष गोविन्द तिमिल्सिनाले बताउनुभयो ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोट आउने पर्यटकले जथाभावी रुपमा फोहर फालिदिँदा समस्या भएको बताउँदै यहाँको सरसफाईका लागि स्थानीयवासी बढी सचेत हुनुपर्ने बताउनुभयो । “यहाँ आउने पर्यटकलाई फोहर नगर्न सम्झाउने बुझाउने काम स्थानीयवासीको पनि हो,” उहाँले भन्नुभयो, “त्यसका लागि वडाको तर्फबाट पनि अब केही ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।”

    टिम नेपोका संस्थापक अध्यक्ष सुजन लौडारीले मानहुँकोटको सरसफाईको लागि संस्थाको तर्फबाट आवश्यक परेको खण्डमा सँधै सहयोग रहने बताउनुभयो । उक्त कार्यक्रममा संस्थाका सचिव मिन कुंवर, मिडिया संयोजक रुपेश पन्थ, सदस्य उमेश पौडेल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।