एल क्लासिकोमा रियललाई कम विश्राम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एल क्लासिकोमा रियललाई कम विश्राम

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    एजेन्सी : रियल म्याड्रिड र बार्सिलोनाबीच सिजनको पहिलो एल क्लासिकोको समय अझै तय भइसकेको छैन । अक्टोबर २४ शनिबारका लागि तय एल क्लासिको अघि दुवै टोलीले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल खेल्नेछन् ।

    मध्यसातामा हुने च्याम्पियन्स लिगको समूह चरणपछि बार्सिलोनाको दाजोमा रियलले भने कम समय पाएको छ । कोरोना भाइरसका कारण ढिला गरि सुरु भएको च्याम्पियन्स लिगमा दुई टोलीको खेलबीच विश्राम अवधि भने कम रहेको छ ।

    एल क्लासिकोका लागि बार्सिलोना भन्दा रियलका खेलाडीले एक दिन कम आरामको अवसर पाउनेछन् । कारण रियलले बुधबार साख्तर डोनेक्सको सामना गर्ने छ । बार्सिलोनाले भने त्यसअघिको एक दिन अघि मंगलबार नै फेरेन्चभारोसको सामना गर्नेछ । त्यसअर्थ बार्सिलोनाले भन्दा रियलका खेलाडीले २२ घन्टा कम आराम पाउनेछन् ।

    एल क्लासिकोपछि पनि रियललाई कम आराम

    सिजनको पहिलो एल क्लासिको पछि बार्सिलोनाका भन्दा रियलका खेलाडीले कम आराम पाउनेछन् । एल क्लासिकोपछिको पहिलो मंगलबार रियलले बोरुसिया मोन्चेन्ग्लाडबाकसँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले भने त्यसको एक दिन पछि बुधबार इटालियन च्याम्पियन युभेन्ट्सको सामना गर्नेछ । लामो समयपछि लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एक अर्काविरुद्ध उत्रनेछन् ।

    पहिलो पटक होइन

    जिनेदिन जिदानको रियलले कम आरामपछि एल क्लासिको खेल्न लागेको यो पहिलो पटक भने होइन । यस्तै अवस्था गत सिजन पनि भएको थियो । त्यति बेला बुधबार एल क्लासिको भएको थियो । जसमा बार्सिलोनाले २९ घन्टा भन्दा बढी रियलका खेलाडीले भन्दा आराम पाएका थिए । बार्सिलोनाले शनिबार रियल सोसिडाडसँग र रियलले आइतबार भ्यालेन्सियासँग खेलेर एल क्लासिकोमा एकअर्काको सामना गरेका थिए ।