२६ फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २६ फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वन, सम्बन्ध विच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

    वन मुद्दामा विगत ९ वर्षदेखि फरार तनहुँको ऋषिङ गाउँपालिका–५ पिपलटार बस्ने ५२ वर्षीय कुलबहादुर दरै पक्राउ परेका छन् । निजलाई तनहुँ जिल्ला अदालतले विसं २०६८ असार २३ गतेको फैसलाले पाँच महिना २६ दिन कैद र रु ३८ हजार दुई सय २० को जरीवाना तोकेको थियो ।

    त्यस्तै प्रहरीले वन मुद्दामै दुई, सम्बन्ध बिच्छेद मुद्दामा चार, नाता कायम मुद्दामा दुई, गाली बेइज्जती मुद्दामा दुई, जारी मुद्दामा एक, कुलोपानी मुद्दामा एक, कुटपिट मुद्दामा तीन, लुटपिट मुद्दामा दुई, करकाप मुद्दामा दुई, मानसिक तथा शारीरिक हिंसा मुद्दामा एक, जालसाजी मुद्दामा दुई, लागु औषध मुद्दामा दुई र सवारी ज्यान मुद्दामा एक जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    पक्राउ परेकाहरुलाई रु ७० हजार एक सय चार जरीवाना र पाँच महिना २६ दिन कैद भुक्तानका लागि अदालत पेश गरिएको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान चलाएको छ ।