सामुदायिक विद्यालयलाई सिकाई सहयोगी सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सामुदायिक विद्यालयलाई सिकाई सहयोगी सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७७, बिहीबार

    तनहुँ : रोटरी क्लब अफ दमौलीले नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयलाई सिकाई सहयोगी सामग्री हस्तान्तरण गरेको छ । रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका–११ स्थित वाराही माध्यमिक विद्यालय, व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालय र व्यास नगरपालिका–६ स्थित इन्दु माध्यमिक विद्यालयलाई एक÷एक थान ४२ इन्चको स्मार्ट टिभी हस्तान्तरण गरिएको हो ।

    कक्षा एकदेखि १२ सम्मको सबै पाठ्यक्रम समावेश गरिएको उक्त टिभीबाट अनलाइन र अफलाइन दुवै तरिकाले पठनपाठन गराउन सकिने रोटरी क्लवले जनाएको छ । उक्त सामग्री रोटरी नेपाल इन्टरनेशनले उपलब्ध गराएको हो ।

    व्यास नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले वाराहीका अध्यक्ष वीरेन्द्रबहादुर अधिकारी, प्रधानाध्यापक हिराबहादुर अधिकारी, अमरज्योतिका शिक्षक अभिभावक सङ्घका अध्यक्ष निलप्रसाद डौलिया र प्रधानाध्यापक रामजी तिमिल्सिना तथा इन्दुका अध्यक्ष चन्द्रकान्त भण्डारी र प्रधानाध्यापक रामकाजी श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा नगरप्रमुख न्यौपानले विद्यालयको शिक्षाको स्तरीकरणका लागि सामग्रीले सहयोग पुग्ने बताउनुभयो । शिक्षा, स्वास्थ्यका क्षेत्रमा विगत लामो समयदेखि नै रोटरीको सहयोग रहँदै आएको न्यौपानेले बताउनुभयो ।

    वाराही माध्यमिक विद्यालयका अध्यक्ष अधिकारीले सामग्रीले शिक्षण सिकाई प्रक्रियालाई रोचक र थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सूर्जकुमार मल्लले रोटरी साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकालाई शिक्षाको मूलधारमा समेट्न विविध कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

    सोही विद्यालयमा सहयोगी सामग्रीसँगै तीन वर्षका लागी मिडास सफ्टवेयर र इलाइव्रेरी हस्तान्तरणको तयारी पनि भइरहेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दमोदर भण्डारीले जानकारी दिनुभयो । विसं २०३० सालसम्म शत प्रतिशत साक्षरता पु¥याउने नेपाल सरकारको योजनालाई सघाउन रोटरी नेपालले हरेक प्रदेशमा प्रौढ शिक्षा, ह्यापी स्कूल कार्यक्रम, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक वितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।