गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैं भत्ता कोरोना कोषमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गरेका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैंबापतको भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयाे ।