चितवन : चितवन मेडिकल कलेजमा उपचाररत चितवनका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ७३ बर्षीय बृद्धको मृत्यु भएको हो ।
ज्वरो , खोकी, रुघा तथा श्वास प्रश्वासमा समस्या भई कात्तिक २ गते अस्पताल भर्ना भएका उनको कात्तिक ३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।