तनहुँमा एकैदिन २६ फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एकैदिन २६ फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँ प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान चलाईरहेको तनहुँ प्रहरीले अदालतबाट फैसला भई दण्ड, जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रकाउ गरि अदालतमा पेश गरेको हो ।

    करकाप मुद्धाका फरार ८ जना, लिखित बेईज्जती मुद्धाका ६, जारी मुद्धाका ५ जना, गाली बेईज्जती, साधारण चोरी मुद्धाका २÷२ जना, नाता कायम, सम्बन्ध विच्छेद, बैकिङ कसुरका एक÷एक जना फरार प्रतिवादी प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहातका प्रहरी ईकाइबाट प्रकाउ गरिएको हो ।

    पक्राउ परेका ती फरार प्रतिवादीबाट ४ वर्ष ४ महिना १३ दिन कैद र रु ७ लाख १६ हजार ६ सय २० जरिवाना भुक्तान गर्न बाँकी रहेको तिमिल्सिनाले बताउनुभयो । कैद र जरिवाना भुक्तानका लागि अदालत पेश गरेको उहाँको भनाई छ ।