‘यो कस्तो प्रेम’ काे म्यूजिक भिडियो छायाङ्कन सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ‘यो कस्तो प्रेम’ काे म्यूजिक भिडियो छायाङ्कन सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    तनहुँ : कोरोना भाईरसको कहरका बाबुजुद जनजीवन सामान्य हुँदै जान थालेपछि तनहुँमा म्यूजिक भिडियोको छायाङ्कनले पनि गति लिन थालेको छ । निशा देशारको श्वर, गैह्रे सुरेशको सङ्गीत र विष्णुप्रसाद पाण्डेको शब्दमा रहेको ‘म यो कस्तो प्रेम गरिरहेछु अचानो भएर सबै चोट सहेर उही खुकुरीको पूजा गरिरहेछु ………’ बोलको गीतको व्यास नगर क्षेत्रमा छायाङ्कन सम्पन्न भएको हाे ।

    No description available.

    गीतमा पोखराकी मोडल ममता अधिकारी, महेश वाग्ले सोनिया जोशीको अभिनय रहेको छ । दमौलीमा रहेर म्यूजिक भिडियोमा सक्रिय मोडल सुदीप पौडलले यसको निर्देशन गर्नुभएकाे छ । भिडियोको व्यास नगरपालिकाको पर्यटकीय स्थल, कालिका जङ्गलपार्क, ओम शान्ति पार्क, मादी र सेती नदीका संगम स्थल लगायतका क्षेत्रमा छायाङ्कन गरिएको निर्देशक पौडेलले जानकारी दिनुभयाे । शुसान पन्थले छायाङ्कन गर्नुभएकाे भिडियोको अफिसियल मिडिया पार्टनरमा खबरपुञ्ज डटकम रहेको छ ।