बढ्दै गण्डकीमा कोरोना, आइतबार हालसम्मकै धेरै ४ सय २४ संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बढ्दै गण्डकीमा कोरोना, आइतबार हालसम्मकै धेरै ४ सय २४ संक्रमित

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    तनहुँ : आइतबार गण्डकी प्रदेशमा हालसम्मकै धेरै ४ सय २४ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ३० पिसीआर परिक्षण गरेको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । पिसीआर परिक्षण गरिएकोमध्ये ३४.४७ प्रतिशतामा कोरोना पोजेटिभ देखिएको हो ।

    सबैभन्दा धेरै कास्कीमा २ सय ८३ जनालाई संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँमा ४१ जना, नवलपुरमा ३१, लमजुङमा १९, पर्वतमा १३, गोरखामा १२, स्याङजामा १०, बाग्लुङमा ९, म्याग्दीमा ६ जना थपिएका हुन् । मनाङ र मुस्ताङमा भने संक्रमित थपिएका छैन् ।

    हेर्नुहोस् गण्डकीको जिल्लागत विवरण

    पछिल्लो २४ घण्टामा प्रदेशका ५ जना कोरोना संक्रमितले ज्यान गुमाए । १ सय १४ जना निको तथ्याङ्कले देखाउँछ ।योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७७ सय ४० पुगेको छ । तीमध्ये ४३ सय ३५ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

    गण्डकीमा हालसम्म ९० हजार ४ सय २५ पिसीआर परिक्षण गरिएकोमा ८२ हजार ६ सय ८५ रिपोर्ट नेगेटिभ आएको छ ।