तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
पोखरास्थित चरक अस्पतालमा ती पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहॉमा कात्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै कोरोना सङ्क्रमणबाट तनहुँमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । व्यासका ६, भीमादका ३, ऑबुखैरेनीका दुई, म्याग्दे र शुक्लागण्डकीका एक/एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।