तनहुँमा थपिए १५ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए १५ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँ जिल्लामा शनिबार १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र ठेगाना नखुलेका गरी १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका–१ का ६७ र ५१ वर्षीया महिला साथै ७० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–४ का १९ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ भने म्याग्दे गाउँपालिका–४ का ६९ वर्षीया महिला र २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    बन्दीपुर गाउँपालिका वडा नखुलेका २५ र २६ वर्षीय पुरुषमा र ठेगाना नखुलेका ४०, ३४, २७, २६, ३१, ६६, ६८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।