भीमादमा सङ्क्रमण देखिएका सबै कार्यालय बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा सङ्क्रमण देखिएका सबै कार्यालय बन्द

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकास्थित कोरोना सङ्क्रमण देखिएका एवं कन्ट्याक्ट ट्रेसिङमा परेका सबै कार्यालय बन्द हुने भएका छन् । कोरोना जोखिम नियन्त्रणका लागि नगरपालिकाले त्यस्ता सबै कार्यालय आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

    पिसीआर परीक्षण नतिजा नआएसम्म त्यस्ता सबै कार्यालय, व्यवसाय गर्ने पसल एवं व्यक्तिका घरहरु पूर्ण रुपमा बन्द गराउने निर्णय भएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पदमराज आचार्यले जानकारी दिनुभयो ।

    नगरपालिकाले बिदाको समयमा अनावश्यक घुमफिर नगर्न तथा अनावश्यक काममा बाहेक बाहिर नहिँड्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।