तनहुँ : तनहुँमा शुक्रबार तीन कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र भीमाद नगरपालिकामा सङ्क्रमित थपिएका हुन् ।
व्यास नगरपालिका-६ का ७१, ४५ वर्षीया महिला र भीमाद नगरपालिका-५ का ६६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।