हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७७, मंगलवार

    काठमाडौ : हङकङमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। मृत्यु हुने सबै नेपाली हुन्।

    मृतकमध्ये ७ जनाको सनाखत भएको छ। आगलागीमा मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ रहेको सहारा हङकङले जानकारी दिएको छ।

    यसैगरी ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ। ४ जनाको सनाखत हुन सकेको छैन।

    अझै ७ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। जिरे खुर्सानी नामक सो रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो।

    तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।

    (नेपाल समय डटकमबाट)