मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार बिहान माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको छ ।