पाँच वर्षमा ३१ हजार पटक डायलासिस सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाँच वर्षमा ३१ हजार पटक डायलासिस सेवा

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत् सञ्चालित शत्रुधन मन्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार दुई सय १६ पटक डायलालिस सेवा प्रवाह गरेको छ । विसं २०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा दुई सय ४५ मिर्गौला पीडितलाई सेवा प्रवाह गरेको छ ।

    केन्द्रका इन्चार्ज शैलेश पण्डितले यस अवधिमा तनहुँका अतिरिक्त कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई डायलासिस सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हाल २४ जना मिर्गौला पीडितले नियमित डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा नौ वटा उपकरण रहेकामा आठ वटा उपकरण सञ्चालनमा रहेको छ ।

    हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलाइसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन वटा उपकरण थप गरिएको छ ।

    केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।

    जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडी अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यस केन्द्रले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गाैला पीडितलाई पनि सेवा प्रवाह गरिरहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।