कप्तान र उपकप्तानसहित नेपाली क्रिकेट टिमका चार जनालाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कप्तान र उपकप्तानसहित नेपाली क्रिकेट टिमका चार जनालाई कोरोना

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    काठमाडौ: बन्द प्रशिक्षणअघि गरिएको कोरोना भाइरसको पिसिआर परीक्षणमा नेपाली क्रिकेट टिमका चार जनालाई संक्रमण भेटिएको छ।

    मंगलबार गरिएको स्वाब संकलनको बुधबार आएको नतिजाअनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र स्टाफ प्रदीप लामालाई कोरोना संक्रमण भएको देखिएको हो। 

    कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरू गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको स्वाब लिएको थियो। 

    बिहीबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बोलाएको  थियो। अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन पाउने छैनन्।

    तीन जना खेलाडीलाई कोरोना पुष्टि भएपछि क्यानले अनिल साह, कुशल भुर्तेल, रित गौतम, कुशल भुर्तेल र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

    कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो। कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो।